दफा
क्षतिपूर्ति तोक्ने सिद्धान्त र तरीका

(१) दफा ७ मा उल्लेख गरेको क्षतिपूर्ति देहायका तरिकाबाट
तोकिनेछ–
(क) क्षतिपूर्ति अड्ढ मञ्जूरीनामामा किटिएकोमा सोही मञ्जूरीनामा बमोजिम,
(ख) मञ्जूरीनामा नभएमा नेपाल सरकारले बहालबाला वा अवकाश प्राप्त कुनै
न्यायाधीशलाई मध्यस्थ नियुक्त गर्नेछ र सो मध्यस्थको निर्णय अनुसार क्षतिपूर्ति
दिइनेछ ।
(२) अधिग्रहण गरिएको सम्पत्तिको क्षतिपूर्ति दिंदा देहाय बमोजिम दिनुपर्छः–
(क) अधिग्रहण गरिएको अवधिभरलाई सो अधिग्रहण गरिएको सम्पत्तिको भोग चलन
ठेक्कामा गरिएको भए सो भोग चलन गर्दा जति बहाल वा तिरो तिर्नु पर्दथ्यो त्यति, र
(ख) अधिग्रहण अवधिभित्र त्यस सम्पत्तिमा भएको नोक्सानी चलन चल्तीबाट भएको
स्वाभाविक नोक्सानीको वा दैवी घटनाको र 
दफा ५ को दोस्रो प्रकरण अन्तर्गत
गरिएको हेरफेर विचार गरिने छैन, र
(ग) सो सम्पत्ति अधिग्रहण गर्दा जुन अवस्थामा थियो, सोही अवस्थामा ल्याउन लाग्ने खर्च ।